समाचारआइतबार, आषाढ १३, २०७२
पूर्वोत्तर भारत, भूटानमा भूकम्पको धक्का
पूर्वोत्तर भारतमा १३ असार विहान भूकम्पको धक्का महशुस गरिएको छ ।
नेपाली समय अनुसार विहान ६ः५० बजे ५.६ म्याग्निच्यूडको भूकम्प गएको यूएसजीएसले जनाएको छ ।
असम राज्यको बासुगांवलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का भूटान र पूर्वी नेपालमा समेत महशुस गरिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुले भूकम्प जाँदा मानिसहरु अत्तालिएर सडकमा निस्किएको बताए पनि जन–धनको क्षति भए–नभएको थाहा लागेकोे छैन ।
