समाचारआइतबार, आषाढ १३, २०७२

खेलकुद मन्त्री फिर्ता बोलाउने निर्णय भएको छैनः सचिव ज्ञवाली

हिमालखबर

खेलकुद मन्त्री पुरुषोतम पौडेललाई फिर्ता बोलाउने निर्णय नभएको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)मा केशव बिष्टलाई नियुक्त गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री पौडेलसँग असन्तुष्ट हुँदै आएपनि फिर्ता बोलाउने निर्णय नभएको एमालेले जनाएको छ । सचिव ज्ञवालीले हिमालखबरसँग भने, ‘‘मन्त्री पौडेललाई फिर्ता बोलाउने निर्णय भएको छैन ।’’

पार्टी अध्यक्ष ओली निकटका गोकुल बास्कोटा वा भर्खरै एमाले फर्किएका केशव स्थापितलाई राखेपको सदस्य सचिवमा नियुक्त गर्न दबाब आएपनि मन्त्री पौडेलले बिष्टलाई गत १० असारमा नियुक्त गरेका थिए । बिना सिफारिस सदस्य सचिव नियुक्त गरिएको भन्दै पार्टी अध्यक्ष ओलीले पौडेललाई मन्त्री पदबाट हट्न दबाव दिदै आएका छन् ।

अध्यक्ष ओली दबावप्रति बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने असन्तुष्ट बन्दै आएका छन् । केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले सामान्य नियुक्तिको विषय लिएर मन्त्रीजस्तो गरिमा कायम नराखिएको बताए । उनले भनिन्, ‘‘मन्त्री फिर्ता बोलाउने निर्णय गरिएको भए यसको मूल्य महँगो पर्नेछ ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>