समाचारआइतबार, आषाढ १३, २०७२
नयाँ संविधानको मस्यौदा पारित
मस्यौदा समितिले नयाँ संविधानको प्रारम्भिक मस्यौदा पारित गरेको छ ।
संवैधानिक–राजनीतक सम्वाद तथा सहमति समितिले पठाएको प्रतिवेदनमाथि थप छलफल गर्दै एकीकृत मस्यौदा तयार पारिएको हो । विभिन्न उपसमितिबाट प्राप्त प्रतिवेदनलाई प्राविधिक रुपमा संयोजन गरी नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयार पारिएको छ ।
उक्त मस्यौदा १४ असार दिउँसो ३ बजे बस्ने संविधानसभा बैठकमा मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले पेश गर्नेछन् । त्यसअघि विहान ११ः३० बजे बस्ने कार्य व्यवस्था परामर्स समितिको बैठक बोलाइएको छ ।
संविधानसभाबाट उक्त मस्यौदा पारित भएपछि छोटो समयका लागि सुझाव लिन जनतासम्म लैजाने र सुझाव समेटेर पूर्ण संविधान जारी गरिनेछ । दलहरुबीच विवादित विषयमा सहमति जुटाउँदै छोटो प्रक्रिया निलम्बन गरेर साउन दोस्रो हप्ताभित्र नयाँ संविधान जारी गर्ने सहमति नेताहरुले गरेका छन् ।
शीर्ष नेताहरुको बैठक बसेर विवादित विषयमा सहमति खोज्ने प्रयत्न गरिएको थियो ।
