समाचारसोमबार, आषाढ १४, २०७२
प्रधानन्यायाधीशमा श्रेष्ठ अनुमोदित
व्यवस्थापिका संसदको ‘संसदीय सुनुवाई विशेष समिति’ ले सर्वोच्च अदालतका वरिष्ठम् न्यायाधीश कल्याण श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ ।
१४ असारको संसदीय सुनुवाईमा सांसदले सोधेका प्रश्नको जवाफ दिएर श्रेष्ठ बाहिरिए लगत्तै सांसदहरूले ताली बजाएर उनको नाम सर्वसम्मतिले अनुमोदन गरेका थिए ।
न्यायपरिषद्को सिफारिसमा संवैधानिक परिषद्ले श्रेष्ठलाई भावी प्रधानन्यायाधीशको रूपमा गरेको सिफारिस संसदीय विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश बन्नका लागि आवश्यक औपचारिकता पूरा भएको छ ।
हालका प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल आगामी २३ गतेसम्म मात्रै रहेकाले श्रेष्ठले २४ असारदेखि चैत मसान्तसम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् । उनले २३ गते राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ ।
रोलक्रम मिचिएन भने श्रेष्ठपछि न्यायाधीश सुशीला कार्की नेपालमै पहिलोपटक महिला प्रधानन्यायाधीश हुनेछिन् ।
याे पनि श्रेष्ठताको आशा
