समाचारसोमबार, आषाढ १४, २०७२
प्रधानमन्त्री कोइराला संविधानसभा भवनबाट बाहिर निस्किए
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला संविधानसभा भवनबाट बाहिरिएका छन् ।
शीर्ष बैठकमा बसिरहेका प्रधानमन्त्री कोइराला बाहिरिएका छन् । उनले छलफल जारी रहेको प्रतिक्रिया दिए । उनले भने, ‘‘सहमति जुटाउने प्रयास भइरहेको छ, म खाना निस्किएको हुँ ।’’
दलहरुबीच अाजै विवाद सुल्झाएर मस्याैदा संविधानसभामा पेश गर्ने तयारीमा छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले दुई चार घण्टा पर्खेर भएपनि मस्याैदा पेश हुने हिमालखबरलाई बताए ।
