समाचारसोमबार, आषाढ १४, २०७२

मध्यरातसम्म पनि संविधानसभा बैठक सुरु भएन

हिमालखबर

संविधानसभाको बैठक मध्यरातसम्म पनि बस्न सकेको छैन ।

शीर्ष नेताहरुको बैठक नसकिएपछि संविधानसभाको बैठक अन्यौलमा परेको छ । १४ असार राति ९ बजेका लागि बोलाइएको बैठक सुरु हुन नसक्दा सभासदहरु भने संविधानसभा भवनभित्रै पर्खेर बसिरहेका छन् ।

अहिले पनि प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरुको बैठक जारी छ ।

नयाँ संविधानकाे प्रारम्भिक मस्याैदा पेश हुने भनिएकाे बैठक अहिलेसम्म बस्न नसकेपछि कतिपय सभासदहरु भने घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>