समाचारमंगलबार, आषाढ १५, २०७२

संविधानसभाको बैठक साँझ ६ बजे बस्ने

हिमालखबर

दिउँसो २ बजे बस्ने भनिएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको छ ।

संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवादित विषयमा मोटामोटी सहमति जुटेको भए पनि आवश्यक तयारी पूरा नभएका कारण बैठक सारिएको बताइएको छ ।

१४ असार मध्यराति बैठक बसेर अर्को बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको थियो ।

विभिन्न तयारी गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलले बताए ।
उनका अनुसार संविधानसभाको बैठक सारिए पनि आजै दिउँसो ३ बजेका लागि तय गरिएको व्यवस्थापिका–संसद्को बैठक भने यथावत् छ । केही विवादित विषयको टुङ्गो लाग्न अझै बाँकी रहेको भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटिरहेकाे बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>