समाचारमंगलबार, आषाढ १५, २०७२
मस्यौदा एक साताका लागि जनतामा लगिने
संविधानसभामा पेस भएको ‘संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२’ जनताको प्रतिक्रियाका लिन एका साताका लागि जनतामा लगिने भएको छ ।
नेपाली कांग्रेसका सभासद रमेश लेखकका अनुसार पेस भएको मस्यौदा करिब एक साता जनताको प्रतिक्रियाका लागि जनतामा लगिने र पुनः संविधानसभामार्फत संवाद समितिमा फर्काइने छ ।
जनताको प्रतिक्रियासहित संविधानसभामा पेस गरिने मस्यौदामाथि छलफल भएपछि पुनःमस्यौदा समितिमा जानेछ ।
मस्यौदा समितिले त्यसलाई संविधानको मस्यौदाका रुपमा तयार गरी पुनःसंविधानसभामा पेस गर्नेछ ।
सभामा प्रस्तुत संविधानको विधेयकमाथि दफावार छलफल भई पारित भएपछि नयाँ संविधान घोषणा हुनेछ ।
यी सबै प्रक्रिया द्रुत हिसाबले अघि बढाइने र यसका लागि करिब बढीमा २५ दिन लाग्ने अनुमान गरिएको छ ।
