समाचारबुधबार, आषाढ १६, २०७२

नेपाली कांग्रेसका जिल्ला सभापतिको भेला हुँदै

हिमालखबर

congressनेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला भोली १७ असारमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ ।

पार्टीको आसन्न १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिहरुको चालु कार्यकाल सकिनै लाग्दा सभापतिहरुबीच एकआपसमा अन्तक्र्रिया गर्न भेलाको आयोजना गरिएको बताइएको छ ।

नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार भोलि विहान ११.०० बजेदेखि शुरु हुने भेलामा पार्टीको मौजुदा विधानलगायतका विषयमा छलफल गरिनेछ ।

संवैधानिक रुपमा अनिवार्य गर्नुपर्ने पार्टीको महाधिवेशन र गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि वर्षातको समयमा हुन लागेको महाधिवेशनमालाई पार्नसक्ने प्रभावलगायतका विषयमा छलफल गरिने उनले जानकारी गराए ।

बैठकमा संविधान निर्माणको जारी प्रक्रिया, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले खेलिरहेको भूमिकालगायतका विषयमा पनि अन्तक्र्रिया गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>