समाचारशुक्रबार, आषाढ १८, २०७२
नेउवामहासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध
नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा भवानी राणा निर्विरोध निर्वाचित भएकी छन् ।
बरिष्ठ उपाध्यक्षमा भवानी राणाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
अध्यक्षमा पशुपति मुरारका निर्विरोध भएपछि १८ असारमा बसेको कार्यसमिति बैठकले बरिष्ठ उपाध्यक्षको निर्वाचनको मिति पनि आजै तोकेको थियो ।
राणा निर्विरोध भएपछि उनको पदस्थापन पनि भएको अध्यक्ष मुरारकाले बताए ।
यसअघि निर्विरोध भएका अध्यक्ष मुरारका निर्वाचित भएको औपचारिक घोषणा निर्वाचन आयोगले आजै गरेको हो ।
