समाचारशनिबार, आषाढ १९, २०७२
भूकम्पपछि हराइरहेका एक विदेशीको शव फेला
भूकम्पपछि हराइरहेकामध्ये एक विदेशीको शव लाङटाङ हिमपहिरो क्षेत्रमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार फ्रान्सेली नागरिकको हुन सक्ने अनुमान गरिएको उक्त शव नजिकै रनेलुइ ड्युट्रेभ नामको १४ डिआई १७७४१ नंको फ्रान्सेली राहदानी फेला परेको छ ।
शव माउन्टेन एयरको हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा परीक्षणका लागि पठाइएको छ ।
