समाचारशनिबार, आषाढ १९, २०७२

संविधानसभामा मस्यौदामा छलफल जारी

हिमालखबर

संविधानसभामा आज पनि ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ ।

‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमा सभासदहरुले भाग लिइरहेका छन् । सभासद्हरुले ऐतिहासिक दस्तावेजका रुपमा मस्यौदा आउनुलाई सकारात्मक ठान्दै कतिपय विषय र शब्दावलीमा पुनः विचारका लागि माग गरेका छन् ।

केही सभासद्ले नयाँ संविधान जारी भएपछि न्यायाधीशको पुनःनियुक्ति हुनुपर्नेमा जोड दिए भने समावेशीताका सवाललाई सम्बोधनका लागि सुझाव दिए ।

प्रस्तावमा अर्को बैठकमा पनि छलफल हुनेछ । अर्काे बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>