समाचारआइतबार, आषाढ २०, २०७२
दोलखा केन्द्र रहेकोे भूकम्प
२० असार विहान १०ः०७ बजे दोलखा केन्द्र भएको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर ७ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि राति १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएको ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।
१२ वैशाखमा गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प गइसकेका छन् ।
