समाचारआइतबार, आषाढ २०, २०७२

नेपाल टी–ट्वान्टी र्‍याङ्किङमा

हिमालखबर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टी–ट्वान्टी वरियता (र्‍याङ्किङ) मा प्रवेश दिएको छ ।

आईसीसीले तोकेको वरियता क्रम अनुसार नेपाल १५ औं र अन्तिम स्थानमा छ ।

नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला खेलेपछि नेपाल आईसीसीको वरियतामा आएको हो ।

वरियतामा श्रीलंगका पहिलो स्थानमा छ भने भारत दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छन् । अन्तिम वरियतमा रहेको नेपालअघि १४ औं स्थानमा जिम्बाबे र १३ औंमा आयरल्याण्ड छन् ।

नेपालले गतवर्ष बंगलादेशमा टी–ट्वान्टी विश्वकपमा राम्रो प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई टी–ट्वान्टीको मान्यता दिएको थियो ।

icc_ranking

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>