समाचारआइतबार, आषाढ २०, २०७२

संविधानसभाबारे चार दलभित्रै विवाद

हिमालखबर

caसंविधानसभा छोड्ने कि संविधानभा बैठक मात्रै बहिष्कार गर्नेभन्ने विषयमा मधेश केन्द्रीत चार दलबीच नै विवाद उत्पन्न भएको छ ।

प्रमुख चार दलबीच सम्पन्न १६ बुँदे राजनीतिक सहमतिको चर्काे विरोध गर्दै आएका मधेश केन्द्रीत चार दल अहिलेसम्म संविधानसभा बैठकहरुमा सहभागी बन्दै आएका छन् । तर, यी दलहरुको माग अनुसार संविधानसभाबाट संविधान निर्माण प्रक्रिया रोकिएको छैन ।

“असंवैधानिक १६ बुँदेपछि अघि बढेको संविधान निर्माण प्रक्रियामा असहमति जनाउँदै आएका थियौं, अव यसरी जान सकिदैन”, सद्भावनाका महासचिव मनिष सुमन भन्छन् । संविधानसभा नै बहिष्कार गरेर आन्दोलनमा जाने उनी बताउँछन् ।

हिमालखबरसँग सुमन भन्छन्, “२०४७ कै जस्तो संविधानमा हामी सहमति जनाउँन सक्दैनाैं, अव संविधानसभा र काठमाडौं छोडेर मधेश झ्र्छौ ।” तर, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई संविधानसभा छोड्नेबारे मोर्चाले निर्णय नगरेको बताउँछन् । उनी भन्छन्, “अधिकार प्राप्तिको लडाईँ जारी राख्छौ, यो सदन र सडक दुवैतिर हुन्छ ।”

यी दुई नेताका अभिव्यक्तिले पनि संविधानसभाबारे मोर्चामा विवाद रहेको बुझ्न गाह्रो पर्दैन । सद्भावना पार्टीका महासचिव सुमन भन्छन्, “तीन दल तयार हुँदैनन् भने सद्भावना पार्टीले संविधानसभा छोड्छ ।” १० चैत २०७१ मा बीरगञ्जमा बसेको केन्द्रीय कमिटीको निर्णय र १ असार २०७२ मा काठमाडौंमा भएको बैठकले समेत संविधानसभा छोड्ने निर्णय गरेकाले अव बैठकहरुमा सहभागी नहुने सुमन बताउँछन् ।

अशोक राईको संघीय समाजवादी पार्टी नेपालसँगको एकताबाट मोर्चामा ठूलो दलको हैसियत बनाएका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी र तराई–मधेश सद्भावना पार्टी चाँही हरेक दिन संविधानसभा बैठकमा सहभागी भएर बहिष्कार भएको जनाउँने रणनीतिमा छन् । यी तीन दल संविधानसभा बहिष्कार गर्न तयार देखिदैनन् ।

स्रोतका अनुसार सद्भावना पनि बहिष्कार गर्ने पक्षमा नभएपनि फरक देखिन यस्तो प्रस्ताव राख्दै आएका हुन् । तर, सद्भावना पार्टीले पाँच बुँदे प्रेस नोट जारी गर्दै संविधानसभामा अव नरहने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबीच २५ जेठमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे १६ बुँदे सहमति गरेपछि अघि बढेको संविधान निर्माण प्रक्रिया अघि बढेको छ । सहमतिलगत्तै २६ जेठबाट सुरु संविधान निर्माण प्रक्रिया छोटो बाटो भएर जाने कार्यतालिकामा छन् भने असहमतिसहित यी चार दल बैठकहरुमा सहभागी बन्दै आएका छन् ।

१६ बुँदेपछि संविधानसभा अन्तर्गत संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिबाट प्रतिवेदन, मस्यौदा समितिबाट प्रारम्भिक मस्यौदा तयार पार्ने काम सकिएपछि अहिले प्रारम्भिक मस्यौदामाथि संविधानसभामा सभासदहरुले छलफलमा भाग लिदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>