समाचारबिहीबार, आषाढ २४, २०७२

नाराबाजीबीच सुझाव संकलन कार्ययोजना पारित

हिमालखबर

संविधानसभाको बहुमतबाट जनताको सुझव संकलन कार्ययोजना पारित भएको छ । कार्यतालिका अनुसार ३१ असारबाट सभासदहरु सुझाव संकलन गर्न आ–आफ्नो क्षेत्र जानेछन् ।

त्यसअघि बजेट अधिवेशन पारित गर्नुपर्ने भएकाले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीले सुझव संकलनको कार्य अघि बढाउनेछन् । संविधानसभाले जनताको सुझव लिनका लागि १५ दिनको समय दिएको छ ।

बैठकमा मधेश केन्द्रीत चार दलले विरोध जनाएपछि संविधानसभाको दुई तिहाईबाट कार्ययोजना पारित भएको हो । १६ बुँदेप्रति असहमति जनाउँदै संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पाटी, सद्भावना पार्टी र तराई–मधेश सद्भावना पार्टीले विरोध जनाएपछि बहुमतबाट कार्ययोजना पारित भएको हो ।

बैठक सुरु हुनासाथ सद्भावनाका लक्ष्मणलाल कर्णले समय लिएर बोल्दै संविधान निर्माण प्रक्रियाको विरोध गरेका थिए । त्यसपछि चार दलका सभासदहरुले नाराबाजी गरेका थिए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माण प्रक्रियामा अवरोध नगर्न आग्रह गरेपनि नाराबाजी नरोकिएपछि बहुमतबाट कार्ययोजना पारित भयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>