समाचारबिहीबार, आषाढ २४, २०७२

मस्यौदामा सुझाव दिन सभाध्यक्ष नेम्वाङको अपील

हिमालखबर

nembangसंविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा–२०७२ माथि आ–आफ्ना सुझाव दिन सबै नेपालीलाई अपील गरेका छन् ।

संविधानसभाले संविधानको मस्यौदा–२०७२ माथि जनताको राय सुझाव लिने कार्य २५ असारदेखि शुरु गर्दैछ ।

सभाअध्यक्ष नेम्वाङले सुझाव संकलनका लागि जिल्ला र निर्वाचन क्षेत्रसम्म आइपुग्ने टोलीलाई आ–आफ्ना सुझाव दिन भनेका छन् ।

२४ असारमा जारी गरिएको अपीलमा भनिएको छ, “यो प्रारम्भिक मस्यौदा मात्र भएकोले आदरणीय दिदी बहिनी तथा दाजू भाईहरुले दिनुभएको सुझावको आधारमा मस्यौदा परिमार्जन गरी संविधानसभाले संविधानको परिमार्जित विधेयक तयार गर्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु ।”

सर्वसाधारणले टेलिफोन, फ्याक्स, इमेल तथा अन्तर्क्रिया कार्यक्रममा आफै सहभागी भएर संविधानको मस्यौदामा छुटेका विषयमा आफ्नो सुझाव पठाउन सक्नेछन्।

जिल्ला र निर्वाचन क्षेत्रस्तरमा हुने छलफलका लागि संविधानसभाको मस्यौदा २ लाख प्रति छपाइ भएको छ। ती मस्यौदा असार २६ गतेदेखि सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा पठाइने  छ।

सुझाव संकलनका लागि साउन ४ र ५ गते सबै निर्वाचन क्षेत्रमा सार्वजनिक कार्यक्रम हुनेछ। कार्यक्रमका लागि सभासदहरुसँगै शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीहरु पनि जानेछन्।

इमेल ठेगाना  [email protected][email protected]  मा पनि सुझाव पठाउन सकिन्छ ।
फ्याक्सका लागि ४२००१९४, ४२०००५३ र ४२००१४१ नम्बर दिइएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>