समाचारशुक्रबार, आषाढ २५, २०७२

संवाद समितिले सर्वोच्चलाई भन्यो, ‘१६ बुँदेका विषयमा संविधानसभाको सरोकार छैन’

हिमालखबर

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रमुख चार राजनीतिक दलबीच गत २५ जेठमा भएको १६ बुँदे सहमतिका विषयमा संविधानसभाको कुनै सरोकार नरहेको भनी सर्वोच्च अदालतलाई जानकारी गराएको छ ।

समितिले महान्यायाधिवक्ताको कार्यालयमार्फत २५ असारमा अदालतमा लिखित जवाफ पेस गर्दै संविधान निर्माण गर्नका लागि भएको सहमतिमा प्रदेशको नामाङ्कन र सीमाङ्कन संविधानसभा विघटन भएपछि व्यवस्थापिका–संसद्ले गर्ने भन्ने उल्लेख भएको जनाएको छ ।

उक्त सहमति नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३८ विपरीत भएको दाबी गरी अधिवक्ता विजयकान्त कर्णलगायतले अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमाथि न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि अन्तरिम संविधानमा प्रदेशको नामाङ्कन र सीमाङ्कन संविधानसभाले नै गर्ने उल्लेख भएको स्मरण गराउँदै १६ बुँदे सहमतिमा भएको सो प्रावधान हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>