समाचारआइतबार, आषाढ २७, २०७२
सीमाकंनसहित संघीयताः उपराष्ट्रपति
उपराष्ट्रपति परमानन्द झाले प्रदेशको सीमाकंन गरेर संविधान जारी हुनुपर्ने बताएका छन् ।
पाल्पामा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले भने, “नामको समस्या ठूलो होइन, तर प्रदेशको सीमाकंन गरेर जानुपर्छ ।” उनले प्रदेशको सीमाकंन गर्दा अहिले भइरहेको विरोध पनि कम हुने बताए ।
उनले सवैलाई मान्य हुने संविधान जारी हुनुपर्ने बताए । झाले भने, “चाँडै संविधान आउँछ, यसमा सकेसम्म धेरैको अजेण्डा समेट्नुपर्छ ।”
देब पचभैया, पाल्पा
