समाचारआइतबार, आषाढ २७, २०७२
एमाओवादी सच्चिएपछि संविधानः गजुरेल
एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले आफ्नो पार्टी सच्चिएकाले संविधान निर्माण निर्माण कार्य संभव भएको बताएका छन् ।
पाँचथर पुगेका गजुरेलले भने, “विगतमा हामीले गल्ती गर्दा संविधान बन्न सकेको थिएन ।” उनले यसअघि संविधान निर्माण हुन नसक्नुमा एमाओवादीको कमजोरी रहेको बताए ।
१६ बुँदे सहमतिमा प्रमुख चार दल बाहेक अन्य साना दलहरुले पनि सहमति जनाएको उनले बताए । “यो संविधानमा हाम्रो धेरै असहमति छ, तर सात दशकदेखि जनताले चाहेको संविधानका लागि हामी तयार भएका छौं” गजुरेलले भने ।
लक्ष्मी गौतम, पाँचथर
