समाचारमंगलबार, आषाढ २९, २०७२

डुंगा पल्टेर बेपत्ता भएका मध्ये १३ जना सम्पर्कमा

हिमालखबर

-श्रवणकुमार देव, राजविराज

सुनसरीको प्रकाशपुर–४, स्थित कोशी नदी पार गर्ने क्रममा डुंगा पल्टेपछि वेपत्ता भएका मध्ये १३ जना सम्पर्कमा आएका छन् ।

प्रकाशपुर हुँदै सोही वडाको अर्काे गाउँ जाने क्रममा २९ असारको बिहान डुंगा पल्टेको थियो । डुँगामा १५ जना सबार थिए ।

बेपत्ता मध्ये अझै दुई जना सम्पर्कमा आउन नसकेको सुनसरी प्रहरीका प्रबक्ता श्यामसिंह चौधरीले बताए । उनका अनुसार प्रकाशपुर ४ कै पवन चन्द्रबंशी र रिता चन्द्रबंशी वेपत्ता छन् ।

उनीहरुको खोजी प्रहरीका साथै नेपाली सेना र स्थानीयहरु मिलेर गरिरहेको डिएसपी चौधरीले बताए । सम्पर्कमा आएकामध्ये सबै सकुशल रहेको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>