समाचारशनिबार, कार्तिक २५, २०६९

‘एक्स्ट्रा मेरिटल अफेयर’ का कारण ‘सीआइए’ प्रमुखको राजीनामा

हिमालखबर

डेविड पेट्रियस

रिटायर्ड फोर स्टार जनरल पेट्रियसले इराक र अफगानिस्तानमा धेरै मिलिटरी अपरेशन्सको कमान्ड सम्हालेका थिए । शुक्रबार उनले ह्वाइट आउसमा आयोजित एक बैठकमा राष्ट्रपति बैठकमा आफ्नो राजीनामा राष्ट्रपति बाराक ओबामालाई बुझाएका हुन् ।

३८ वर्ष पहिले अमेरिकी मिलिटरी अक्याडमीकी क्याडेट होली पेट्रियससँग विवाह गरेका पेट्रियसले आफ्नो एक्स्ट्रा मेरिटल अफेयर चलिरहेको स्वीकारेका छन् । उनले सीआइएका सहकर्मीहरुलाई ‘माफीको विज्ञप्ति’ जारी गर्दै आफूले राष्ट्रपति समक्ष राजीनामा पेश गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनले आफूले ठूलो गल्ती गरेको बताएका छन् । “एक पति र सम्मानित संस्थानका प्रमुख हुनुको नाताले मबाट यस्तो आचरणको अपेक्षा गर्न सकिंन्नथ्यो, ” पेट्रियसले भनेका छन् ।

ओबामाले पेट्रियसको राजीनामा स्वीकार गर्दै रिटायर्ड जनरलले लामो समयसम्म अमेरिकाको सेवा गरेको र देशलाई सुरक्षित राख्न धेरै गरेको बताएका छन् । ओबामाले पेट्रिसलाई आफ्नो समयका उत्कृष्ट अफिसर ठहर गरेका छन् ।

एफबिआइको अनुसन्धानमा पेट्रियसको अफेयरका बारेमा जानकारी पाइएको र त्यसैले उनले राजीनामा दिन बाध्य भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाए पनि एफबिआईले यसको खण्डन गरेको छ ।

नर्थ क्यारालोइनामा निवासी लेखिका पाउल व्रोडवेलसँग उनको यौन सम्बन्ध रहँदै आएको र व्रोडवेल अहिले सम्पर्कमा नआएको सञ्चारमाध्यमहरुले वताएका छन् ।

हाललाई उप निर्देशक माइकल मोरेलले सीआइए प्रमुखको जिम्मेदारी सम्हाल्नेछन् । एजेन्सीहरु, वासिङ्टन्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>