समाचारबिहीबार, आषाढ ३१, २०७२
अरनिको राजमार्ग बन्द, चीनले खुलाइदिने
सिन्धुपाल्चोक जिल्लामा गएरातिको अविरल वर्षापछि गएको पहिरोले अरनिको राजमार्गको बाह्रबिसे—तातोपानी सडकखण्ड अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको गाती गाविस–१ बसेरी, तातोपानी गाविस–२ घट्टेखोला र लिपिङबजारमा पहिरो जाँदा अरनिको राजमार्गको यातायात सेवा गएरातिदेखि अवरुद्ध भएको हो ।
केही दिनमै चीनको सशस्त्र प्रहरीले तातोपानीदेखि बाह्रबिसेसम्म सडक खुलाई यातायात सञ्चालन गरिदिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिएका छन् ।
रासस
