समाचारबिहीबार, आषाढ ३१, २०७२

परीक्षा भइरहेका बेला पहिरोले विद्यालय पुरेपछि एकको मृत्यु, दश घाइते

हिमालखबर

लगातारको वर्षापछि आएको पहिरोले पोखराको छोरेपाटनस्थित भूपु सैनिक उच्च माविको भवन पुरिँदा एक विद्यार्थीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

३१ असार दिउँसो आएको पहिरोका कारण मृत्यु हुनेमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सञ्जय गायक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।

घटनामा परी अन्य सातजना विद्यार्थी र तीनजना शिक्षकसमेत घाइते भएका छन् । तीनजना विद्यार्थीलाई बढी चोट लागेको विद्यालयकी शिक्षिका कलीमाया रेग्मीले जानकारी दिइन् ।

विद्यालयमा परीक्षा चलिरहेको र परीक्षा सकिन १५ मिनेट बाँकी रहँदा माथिबाट खसेको पहिरोले चारवटा कोठा पुरेको हो । एकपाखे चारवटा कोठामा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा दिइरहेका थिए ।

घाइतेहरुको मेट्रो सिटी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विद्यालयमा ६१० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>