समाचारबिहीबार, आषाढ ३१, २०७२

रमेश लेखकद्वारा साझा प्रकाशनको अध्यक्ष हुन अस्वीकार

हिमालखबर

साझा प्रकाशनको अध्यक्षमा मनोनित कांग्रेस नेता रमेश लेखकले उक्त पद अस्वीकार गरेका छन् ।

२९ असारमा शिक्षा मन्त्री चित्रलेखा यादवलाई भेटी सभासद समेत रहेका लेखकले कार्यव्यस्तताका कारण आफू काम गर्न असमर्थ रहेको पत्र दिएका हुन् ।

२३ असारमा भएको मन्त्रीस्तरीय निर्णयअनुसार लेखकलाई साझा प्रकाशनको अध्यक्षसँगै एमाले नेता प्रदीप नेपाल र एमाओवादी नेता दिनानाथ शर्मालाई साझा प्रकाशन सहकारी लिमिटेडको सञ्लाक समिति सदस्यमा नियुक्त गरिएको थियो ।

manonayan

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>