समाचारबिहीबार, आषाढ ३१, २०७२

संविधान निर्माणमा भारतीय नेताहरुको सद्भाव हुनुपर्छः दाहाल

हिमालखबर

11728727_10206134175746659_4057342880365538423_o

तस्वीरः शिव खकुरेलकाे फेसबुकबाट

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान निर्माण प्रक्रियामा भारतीय नेताहरुको सद्भाव आवश्यक भएको बताएका छन् ।

पाँच दिने भारत भ्रमणमा रहेका अध्यक्ष दाहालले भारतका विभिन्न नेताहरुसँगको भेटमा नयाँ संविधान निर्माणमा सद्भाव र सहयोग आवश्यक रहेको बताएकाे उनका सहयाेगी शिव खकुरेलले बताए । भेटमा दाहालले भने, “१२ बुँदे सहमतिमा भारतको सहयोग र सद्भाव रहेकाले अव बन्ने संविधान निर्माणमा भारतको सहयोग र सद्भाव हुनुपर्छ ।”

भारतका विदेशमन्त्री सुस्मा स्वराजसँग भेट गरिसकेका दाहालले तेस्रो दिन आज नेताहरु शरद यादव, केसी त्यागी, गुलाव नवि आजाद, डि।पी। त्रिपाठी, मोतिलाल बोहोरा, हन्ना मोला, जोगिन्द्र शर्मा लगायतसँग भेटबार्ता गरे । उनी २ साउनमा स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>