समाचारशनिबार, साउन २, २०७२

जग्गा विषयमा झडप हुँदा मृत्यु

हिमालखबर

रौतहटको लक्ष्मीपुर दोस्तीया– ५ मा जग्गाको विषयमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार १ साउन राति भएको झडपमा परी सख्त घाइते भएका लक्ष्मीपुर दोस्तीया गाविस– ५ बस्ने ४५ वर्षीया सुखल मन्सुरीको उपचारका क्रममा मृत्यु भएको हो ।
मन्सुरीले शौचालय निर्माण गर्ने क्रममा आफ्नो जग्गाको साँध मिचेर बनाएको भन्दै छिमेकी मोख्तार मन्सुरीले विवाद गरेपछि राति ९ बजे दुवै पक्षबीच झडप भएको थियो ।

झडपका क्रममा ढुङ्गाले हान्दा टाउकामा लागि गम्भीर घाइते भएका सुखल मन्सुरीको उपचारका क्रममा चन्द्रनिगाहपुर अस्पतालमा मृत्यु भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरु पनि घाइते भएकाले उनीहरुको गरुडास्थित अनामिका हेल्थ क्लिनिकमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>