समाचारआइतबार, साउन ३, २०७२

४ र ५ गते पनि राहदानी वितरण हुने

हिमालखबर

राहदानी विभागले बिदाका दिन (४ र ५ साउन) मा पनि राहदानी वितरण गर्ने भएको छ ।

एकै पटक लामो समय बिदा परेपछि विदेश जानेहरुलाई अप्ठ्यारो पर्न सक्ने भन्दै विभागले बिदाका दिन पनि राहदानी वितरण गर्ने निर्णय गरेको हो ।

विभागले ३ असारमा एक सूचना जारी गरी सोमबार र मङ्गलबार  बिहान ८ देखि ११ बजेसम्म राहदानी वितरण गर्ने जनाएको छ ।

राहदानी लिन निवेदकले आफ्नो सक्कल नागरिकता, पुरानो राहदानी भए सोसमेत, बैंक रसिदलगायत कागजात लिई स्वयम् उपस्थित हुन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>