समाचारसोमबार, साउन ४, २०७२

संविधान लेखनमा भारतको साथः दाहाल

हिमालखबर

भारत भ्रमणबाट फर्किएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान लेखनमा भारतको साथ रहने आश्वासन पाएको बताएका छन् ।

साता दिन लामो भ्रमणबाट काठमाडौं आइपुगेका दाहालले भने, “प्रमुख चार राजनीतिक दलको सहमतिमा संविधान लेखन प्रक्रियाले गति लिएको भन्दै भारतीय राष्ट्रपति, भारत सरकार, राजनीतिक दल तथा बुद्धिजीवीले बधाई दियो ।”

भारतीय प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर लैजान सुझाव दिएको र अन्य नेताहरुको समेत सोही आशय रहेको आफूले पाएको उनले बताए ।

भारत सरकारले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न तयार रहेको विश्वास दिलाएको दाहालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>