समाचारसोमबार, साउन ४, २०७२

‘सांसद हुन स्नातक उत्तीर्ण’

हिमालखबर

नयाँ संविधानले सांसद हुन स्नातक उत्तीर्ण गरेको व्यवस्था गर्न काठमाडौंका स्थानीयले सुझाव दिएका छन् ।

तीनकुनेमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागीहरुले सांसद बन्न कम्तिमा स्नातक हुनुपर्ने सुझाव दिएका हुन् । “गाडी चालक हुन एसएलसी हुनुपर्ने तर, सांसदको कुनै योग्यता नहुने राम्रो होइन”, सहभागीहरुको सुझाव छ ।

सुझाव दिदै स्थानीय प्रल्हाद गिरीले मन्त्री, सांसदजस्तो पदका लागि शैक्षिक योग्यता निर्धारण हुनुपर्ने माग राखे । उनले भने, “शिक्षित नेतृत्वले मात्रै नयाँ नेपाल बनाउन सक्छ ।”

अर्का, सहभागी केशव पोखरेलले राष्ट्रको प्रमुख निकाय राष्ट्रपति पदका लागि समेत कुनै शैक्षिक योग्यता नतोकिएको प्रति असन्तुष्टि जनाए । उनले अहिलेको व्यवस्था सच्याउन माग गरे ।

आज र भोलि देशभर नयाँ संविधानको प्रारम्भिक मस्यौदा २०७२ माथि जनताको सुझाव संकलन गरिदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>