समाचारसोमबार, साउन ४, २०७२
सुझाव संकलन गर्ने टोलीलाई कालो झन्डा
संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न झापाको धुलाबारी पुगेका सभासद्सहितको टोलीलाई संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बूवान पार्टीले संयुक्त रुपमा कालो झन्डा देखाएका छन् ।
मस्यौदाले आम जनताको भावनालाई सम्बोधन गर्न नसकेको भन्दै सुझाव सङ्कलनका लागि आएका सभासद्सहितको टोलीलाई कालो झन्डा देखाएको सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धनप्रसाद गुरुङले बताए ।
क्षेत्र नम्बर–१, लाई समेटर धुलाबारीस्थित पासाङ ल्हामु हलमा कार्यक्रम भइरहेको छ । उनीहरुले सभाकक्षमा प्रवेश नगरी बाहिरै मौन बसेर कालो झन्डा देखाएर विरोध प्रदर्शन गरेका छन् ।
