समाचारसोमबार, साउन ४, २०७२

महोत्तरीमा सुझाव संकलन कार्य बिथोलियो

हिमालखबर

महोत्तरी क्षेत्र नम्बर ३ मा आयोजना गरिएको नेपालको संविधान २०७२ को प्र्रारम्भिक मस्यौदामा राय सुझाव सङ्कलन कार्यक्रम बिथोलिएको छ ।

जिल्ला विकास समिति महोत्तरीको सभाहलमा आयोजित कार्यक्रम सुरु भएलगत्तै मधेश केन्द्रीत दलका नेताहरुले मस्यौदा प्रश्नावली फारम च्यात्दै विभिन्न नारा जुलुस गर्न थालेपछि कार्यक्रम बिथोलिएको थियो ।

फारम च्यातेपछि प्रहरी र उनीहरुबीच तानातान भएको थियो भने प्रहरीले सबै नेता कार्यकर्तालाई घचेटेर सभाहल बाहिर पठाएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>