समाचारसोमबार, साउन ४, २०७२
धनुषाः कही सुझाव संकलन, कतै झडप
विपक्षी दलहरुको अवरोधका कारण धनुषा क्षेत्र नम्बर ४ मा अहिलेसम्म सुझाव संकलन कार्यक्रम हुन सकेको छैन ।
सुझाव संकलनका लागि पुगेका सभासदहरुमाथि मधेश केन्द्रीत दलका नेता कार्यकर्ताहरुले ढुंगामुढा गर्न थालेपछि कार्यक्रम रोकिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले बताए । उनका अनुसार विपक्षी दलका नेताहरु नै ढुंगामुढा गर्न थालेपछि केहीबेर झडप समेत भएको थियो ।
प्रहरी माथि नै आक्रमण गर्दै अघि बढेपछि अवस्था नियन्त्रणमा लिन केही अश्रुग्याँस प्रहार गरिएको प्रजिअ ढुंगानाले बताए ।
अहिले धनुषा २ र ४ बाहेक सवै केन्द्रमा सुझाव संकलन कार्य भइरहेको छ । क्षेत्रनम्बर ६ र ७ मा भने सुझाव संकलन कार्य सकिएको छ ।
