समाचारसोमबार, साउन ४, २०७२

देशभर सुझाव संकलन हुँदै, विपक्षको विरोध

हिमालखबर

Rss_Images_1437378382506_Pro_Ktm_ Sankhu MAsaudha sankalan (2)नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव लिन सभासदहरु आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।

२५ असारबाट नागरिक सम्बन्ध तथा सुझाव संकलन समितिले थालेको सुझाव संकलन कार्यलाई गति दिन सभासदहरु निर्वाचन क्षेत्र पुगेका छन् । ४ र ५ साउनमा सभासदहरु निर्वाचन क्षेत्र पुगेर जनताको सुझाव लिने कार्य अन्तर्गत देशभर सुझाव संकलन कार्य भइरहेको छ ।

sss

सांकेतिक भाषामा सुझाव दिदै । तस्वीरः रासस

प्रत्यक्ष निर्वाचित सभासदको संयोजनमा देशभरको २४० क्षेत्रमा सुझाव संकलन कार्य भइरहेको सुझाव संकलन समितिका सभापति प्रमिला राणाले बताइन् । सुझाव संकलनका निम्ति सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ ।

सुझाव संकलन कार्यमा सभासदहरुसँगै सरकार उच्च तहकै कर्मचारीहरु खटिएका छन् ।

जनताले सीमाकंनसहितको संविधान, प्रत्यक्ष निर्वाचित वडाध्यक्ष, सांसद हुन शैक्षिक योग्यता हुनुपर्ने लगायतका सुझाव दिएका छन् ।

अाफ्नाे निर्वाचन क्षेत्रमा अाएका सभासदहरुलाई नागरिकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, स्थानीय निकायकाे निर्वाचनलगायत माग राखेका छन् ।

विपक्षीको विरोध
संविधानसभाको कार्यतालिका अनुसार देशभर भइरहेको सुझाव संकलन कार्यमा केही मधेश केन्द्रीत दल र राप्रपा नेपालले असहमति जनाएका छन् ।

विषेशगरी, तराईका जिल्लाहरुमा सुझाव संकलन कार्यस्थलमै विपक्षी दलहरुले सुझाव संकलन फारम च्यात्ने, कार्यक्रमस्थलमा ढुंगामुढा प्रहार गर्ने, सभासद तथा मन्त्रीहरुमाथि आक्रमण गर्ने कार्य गरेपछि ठाउँठाउँमा झडप भएको छ ।

1सुझाव संकलनका लागि बाँके पुगेका प्रधानमन्त्री सुशील काेइरालालाई राप्रपा नेपालका कार्यकर्ताहरुले कालाे झण्डा देखाएका थिए ।

यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी रौतहटको कार्यक्रममा विपक्षीले ढुंगामुढा गरेपछि झडप भएको थियो भने नेपाल चढेको गाडी तोडफोड भएको छ ।

सिराहा पुगेका एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ढुंगा प्रहार गर्नुका साथै घेराउ गरेका थिए भने झापामा नेकपा एमालेका अध्यक्ष केपी अाेली सहभागी कार्यक्रममा अवराेध गर्ने प्रयास गरेका थिए । यस्तै, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटाैला सहभागी सुझाव संकलन कार्यक्रममा झडप भएकाे थियाे ।

अर्थमन्त्री रामशरण महतमाथि आक्रमणको प्रयास भएको छ भने झापामा सभासदहरुलाई कालो झण्डा प्रदर्शन भयो । यता, काठमाडौंमा राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाएका छन् ।

धनुषा–४, मा अहिलेसम्म पनि झडप हुने क्रम नरोकिएपछि सुझाव संकलन कार्य रोकिएको छ । विषेश गरेर तराईका जिल्लाहरु झापा, सप्तरी, सिराहा, बारा, पर्सा, धनुषा, महाेत्तरी, राैतहटलगायतका जिल्लाहरुमा मधेश केन्द्रीत दलका कार्यकर्ताहरुले विराेध जनाएपछि झडप भएकाे छ ।

अन्य केही पहाडी जिल्लाहरु पनिमा सुझाव संकलन कार्यमा अवराेध गरिएकाे छ । केही जिल्लामा भएकाे झडपमा केही प्रहरी अधिकृतसहित अवराेधकर्ता दलका कार्यकर्ता घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>