समाचारसोमबार, साउन ४, २०७२

माधव नेपालमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग

हिमालखबर

नेकपा एमालेले पार्टीको बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गरेको छ ।

सचिव प्रदिप ज्ञवालीले विज्ञप्ती जारी गर्दै सुझाव संकलनका क्रममा रौतहट पुगेका नेपालमाथि भएको आक्रमणको निन्दा गरिएको छ । आक्रमणमा परी शिवशंकर यादव, मनोज यादव, वैजनाथ यादव, विनोद पटेल, पारस हुसेन, निरज सिंह र किशोर पटेल घाइते भएको एमालेले जनाएको छ ।

४ साउनमा सुझाव संकलन गर्न आफ्नो निर्वाचन क्षेत्र पुगेका नेपालमाथि आक्रमण गर्दै उनी चढेको गाडी समेत तोडफोड भएको गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>