समाचारसोमबार, साउन ४, २०७२

भाषाको विवादले सुझाव संकलन रोकियो

हिमालखबर

सहभागीहरुबीच भाषाको विवाद हुँदा नवलपरासी क्षेत्र नम्बर ५ को सुझाव संकलन कार्य रोकिएको छ ।

नयाँ संविधानको मस्यौदामा सुझाव राख्ने क्रममा हिन्दीमा सुझाव दिएपछि अन्य सहभागीले नेपालीमा बोल्न आग्रह गरेका थिए । यो विवाद बढ्दै गएपछि सुझाव संकलन कार्य नै रोकिएको छ ।

दिउँसो ३ बजे राखिएको कार्यक्रममा यो विवाद बढ्दै गएपछि सुझाव संकलन कार्यक्रम स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । मधेश केन्द्रीत दलका नेताहरुले सभासद विक्रम खनाल र सिन्धु जलेसाले कार्यकर्ता ल्याएर हिन्दी बोल्दा विवाद उत्पन्न गराएको आरोप लगाए ।

तर, यो तर्कको सभासद जलेसाले खण्डन गरेकी छिन् । उनले भनिन्, “हामीले जून भाषा बोले पनि सुझाव लिन्छौं, तर कार्यक्रम विथोल्न मनसायबाट उहाँहरु सहभागी हुँदा यस्तो भयो ।” पुनःसुझाव संकलन गर्न अहिले दुवै पक्षबीच बार्ता भइरहेको छ ।

क्षेत्र नम्बर ४ र ६ का लागि आयोजित कार्यक्रममा विरोध भएपनि सुझाव संकलन कार्य भइसकेको छ । क्षेत्र नम्बर १, २ र ३ मा राप्रपा नेपालका कार्यकर्ताले हिन्दुराष्ट्र सहितको संविधान आउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

यसपछि, उनीहरुले लिखित सुझाव दिएको राप्रपा नेपालका लोकनाथ लामिछानेले बताए । नेकपा–माओवादीका कार्यकर्ताले समेत सुझाव संकलनमा केही समय अवरोध गरेका थिए ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>