समाचारसोमबार, साउन ४, २०७२
लोकतान्त्रिक अधिकारमाथि प्रहरी दमन भयोः यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको विरोध गर्न पाउने लोकतान्त्रिक अधिकारमाथि प्रहरी दमन भएको बताएका छन् ।
यादवले विज्ञप्ती जारी गर्दै सुझाव संकलन कार्यको विरोध गर्ने क्रममा आफ्ना सयौं कार्यकर्ता घाइते भएको जनाएका छन् । विज्ञप्तीमा उल्लेख गरेका छन्, “प्रहरीको ब्यापक दमनप्रति फोरम नेपालको आपत्ति छ ।”
रौतहटमा केन्द्रीय सदस्य बबन सिंह, जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, फोरम नेपाल लमजुङ अध्यक्ष पृथ्वीमान घले, बाराका अध्यक्ष रामबाबुकुमार यादव, इलामका अध्यक्ष देवेन्द्र राईलगायत नेताकार्यकर्ता घाइते भएको यादवले जनाएको छ ।
