समाचारमंगलबार, साउन ५, २०७२

बन्दका कारण जनजीवन प्रभावित

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा ५ साउनमा बन्द आह्वान गरिएपछि तराईका केही जिल्लाहरुमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।

संविधानको मस्यौदामा ४ असारमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मोर्चाले गरेको विरोधमा तराईका धेरै जिल्लामा प्रहरीले बल प्रयोग गरेको भन्दै मोर्चाले बन्दको आह्वान गरेको हो ।

मोर्चामा सङ्घीय समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेस सद्भावन पार्टी संलग्न छन् ।

मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ ।

विराटनगर– मोर्चाको आह्वानमा आज बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेश बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ सङ्ख्यामा यात्रु अलपत्रमा परेका छन् ।
झापामा र सप्तरीमा पनि सवारी साधनहरु चल्न सकेका छैनन् ।

गोलबजार सिरहाको पनि जनजीवन प्रभावित बनेको छ ।

बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकलबाहेकका सवारीसाधन चल्न सकेका छैन । बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>