समाचारमंगलबार, साउन ५, २०७२
बानेश्वरमा झडप

तस्वीर: ऋषि अर्याल
काठमाडौंको बानेश्वरमा संविधान मस्यौदाको सुझाव संकलन भइहरेका बेला राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
राप्रपा नेपालका कार्यकर्ताले आफूहरुलाई कार्यक्रमस्थलमा जानबाट रोक लगाइएपछि विरोध गरेको बताएका छन् ।
बानेश्वर ब्याङ्केटमा आयोजित कार्यक्रममा सुझाव संकलनका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह पुगेका छन् ।
कार्यक्रमस्थल बाहिर राप्रपा नेपालका कार्यकर्ताले हिन्दू राज्यको माग गर्दै मस्यौदा जलाएका छन् ।
