समाचारमंगलबार, साउन ५, २०७२
बाँकेमा बन्दको आंशिक प्रभाव

खुला कोहलपुर बजार । तस्वीर: केशवराना बाँके ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दको प्रभाव बाँकेमा आंशिकरुपमा परेको छ ।
कोहलपुर, खजुरा लगायतका बजारहरु पूर्ण रुपमा खुलेका छन् । नेपालगञ्जका मुख्य चोकका पसलहरु खुला भए पनि भित्री सडकका पसलहरु भने बन्द छन् ।
नेपालगन्जबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन निर्वाध रुपमा सञ्चालनमा आएको बाँके प्रहरीले जनाएको छ ।
मोर्चाका कार्यकर्ताहरु भने नेपालगन्जका पसलहरु बन्द गराउँदै हिँडिरहेका छन् । बन्दमा कुनै अप्रिय घटना हुन नदिन चोक चोक ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
केशव राना,बाँके
