समाचारमंगलबार, साउन ५, २०७२
गणेश थापा कुटिएपछि हेटौडा बन्द
राप्रपा नेपालका सभासद गणेश थापालगायत तीन कार्यकर्ता कुटिएको विरोधमा हेटौडा बन्द गरिएको छ ।
पार्टी अध्यक्ष कमल थापाकै उपस्थितिमा बजार बन्दको आह्वान गरिएपछि अहिले सडकमा प्रदर्शन भइरहेको छ ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले धरपकड गरी कुटपिट गरिएको भन्दै बजारपशल, यातायातलगायत बन्द आह्वान गरिएको छ । उक्त पार्टीका कार्यकर्ताहरु अहिले सडकमा टायर बालेर प्रदर्शन गर्दैछन् ।
-सुरजकुमार भुजेल, मकवानपुर
