समाचारमंगलबार, साउन ५, २०७२
जनताको सुझाव अधिकतम समेटिन्छः रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको अधिकतम सुझाव समेटिने बताएका छन् ।
सुझाव संकलन गर्न अछाम क्षेत्र नम्बर १ पुगेका रावलले जनताले दिएको सुझाव अध्ययन गरी मस्यौदा संशोधन गरिने बताए । उनले भने, “जनताको तर्फबाट राजनीतिक स्थीरता र आर्थिक सम्पन्नताको पक्षमा सुझाव आएको छ ।”
उनले जनचाहना अनुसारको संविधान बन्ने बताए । प्रेस चौतारी नेपाल अछामले गरेको पत्रकार सम्मेलनमा रावलले भने, “संविधान समय अनुसार काटछाट गर्न सकिने भएकाले अहिले सवै सुझाव नसमेटिनसक्ने हुनसक्छ ।”
रावल सुझाव संकलन पश्चात ६ साउनमा काठमाडौं फर्कने कार्यक्रम छ ।
