समाचारमंगलबार, साउन ५, २०७२
नाराबाजीसँगै सुझाव संकलन
संयुक्त मधेशी मोर्चाको विरोधका बीच सप्तरीमा सुझाव संकलन कार्य सकिएको छ ।
४ साउनजस्तो तनावपूर्ण अवस्था नभएपनि मोर्चाका कार्यकर्ताले नाराबाजी र मस्यौदा च्यात्ने कार्यलाई भने निरन्तरता दिए । ५ साउनमा क्षेत्र नम्बर ४, ५ र ६ को सुझाव संकलन गरिएको छ ।
सुझाव संकलनका क्रममा प्रहरी बाक्लो परिचालन गरिएको थियो । मोर्चाका कार्यकर्ताको विरोधपछि सुझाव संकलन कार्य भने छोट्याइएको थियो ।
कुसहामा संघीय समाजवादी फोरम नेपालसहित मधेशी मोर्चाका नेता÷कार्यकर्ताले केही समय जुलुसपछि मस्यौदा च्यातेका थिए । उनीहरुलाई प्रहरीले सभाहलबाट बाहिर निकालेपछि सुझाव संकलन कार्य अघि बढेको थियो ।
सुझाव संकलनमा सहभागीहरुले प्रदेशको नामांकन र सीमांकन हुनुपर्ने, गाउँपालिका, नगरपालिका, प्रत्यक्ष निर्वाचित तथा मनोनयनको प्रावधान राख्न सुझाव दिएका थिए ।
-श्रवणकुमार देव, राजविराज
