समाचारआइतबार, कार्तिक २६, २०६९

सत्तापक्षीय मोर्चा र विपक्षीदलहरु बीच वार्ता हुने

हिमालखबर

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बजेट र राजनीतिक विषयमा छलफलका लागि सत्ता गठबन्धन र विपक्षी प्रमुख दलहरुको बैठक २६ कार्तिक साँझ  हुने दाहालको निजी सचिवालयले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धन मोर्चाले अध्यक्ष दाहाललाई सहमति जुटाउने जिम्मा दिएपछि मुख्य दलहरू एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरूको बैठक आज साँझ बस्ने भएको हो ।

सरकारले २७ कार्तिकमा करिब साढे चार अर्ब रुपैपाँ बराबरको अनुमानित बजेट ल्याउने तयारी गरेको छ ।

विपक्षी दलहरूले सहमतिविनाको बजेट अस्वीकार गर्न राष्ट्रपति डाक्टर रामवरण यादवलाई लिखित आग्रह गरिसकेका छन् । सरकार भने आर्थिक सङ्कट टार्नका लागि भन्दै सहमति नभएपनि बजेट ल्याउने मानसिकतामा देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>