समाचारबुधबार, साउन ६, २०७२
मस्यौदामा ३३ हजार १६ सुझाव
‘नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा’ माथि ३३ हजारभन्दा बढी सुझाव प्राप्त भएका छन् ।
५ साउन राति १२ बजेसम्म देश–विदेशका व्यक्ति तथा विभिन्न सङ्घ संस्थाबाट ३३ हजार १६ वटा सुझाव सङ्कलन भएका छन् ।
संविधानसभा सचिवालयका अनुसार वेबसाइटबाट २० हजार ७२२, इमेलबाट आठ हजार ८००, टोल फ्रि नम्बरबाट दुई हजार ४७१, फ्याक्सबाट एक हजार ८० र सङ्घ संस्था र व्यक्तिले सचिवालयमा आएर सोझै बुझाएका २४३ वटा सुझाव छन् ।
सचिवालयले ५ साउन राति १२ बजेसम्मका लागि सुझाव सङ्कलनका लागि समय तोकेको थियो ।
संकलनका लागि ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा सभासद्हरु खटिएर गएका थिए । उनीहरुले सङ्कलन गरेको सुझाव ल्याउने काम शुरु भएको संविधानसभा सचिवालयले जनाएको ।
रासस
