समाचारआइतबार, कार्तिक २६, २०६९
वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार
यादवलाई लक्षित गरी चार गोली प्रहार भए पनि निशाना चुकेकाले यादव सकुशल रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने रामनगर मिर्चैया–५ का १८ वर्षीय कैलास ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ठाकुरको साथबाट एक थान कटुवा पेस्तोल, सोमा लाग्ने दुई थान गोली, एक थान नाइन एमएम ब्रोनिङ पेस्तोल र सोमा लाग्ने गोली दुई थान पनि बरामद भएको इप्रका मिर्चैयाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।
