समाचारबिहीबार, साउन ७, २०७२

‘मस्यौदामा राप्रपा नेपालको पनि सुझाव समेटिएको छ’

हिमालखबर

11780569_10206243717706334_1154463407_n

राप्रपा नेपालका कार्यकर्ताहरुले बन्द गरेकाे वीरगञ्च बजार ।

दोस्रो संविधानसभाको निर्वाचनमा जारी घोषणापत्र उल्लङ्घन हुनेगरी राप्रपा नेपालले बन्दको कुनै कार्यक्रम नराखेको जनाएको छ ।

प्रमुख सचेतक दिलनाथ गिरीले जनतालाई सास्ती पर्ने र मुलुकलाई नोक्सान हुने नेपाल बन्दजस्तो कार्यक्रम पार्टीले नराखेको बताए । उनले हिमालखबरसँग भने, “राप्रपा नेपाल घोषणापत्रप्रति प्रतिबद्ध छ, कतै पनि बन्दको कार्यक्रम राखिएको छैन ।”

हेटौडामा भएको प्रहरी दमन विरुद्ध स्थानीय कार्यसमितिले चक्काचाम गरेपनि नेपाल बन्दको आह्वान नगरिएको उनले बताए । गिरीले भने, “पार्टी नीति विपरीत स्थानीय कार्यकर्ताले गरेको पूर्वी नेपालका १० जिल्ला बन्दको कार्यक्रम फिर्ता भइसकेको छ ।”

रोल्पामा ७ साउनमा आह्वान गरिएको बन्दबारे जानकारी नभएको उनले बताए । पार्टी अध्यक्ष कमल थापा, सभासद गणेश थापालगायतलाई प्रहरीले कुटपिट गरेको भन्दै राप्रपा नेपालले ६ साउनमा बन्दको आह्वान गर्दा सयौं सर्वसाधरण प्रभावित बनेका थिए ।

४ र ५ साउनमा भएको मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा राप्रपा नेपालको अजेण्डा समावेश भएको उनले बताए । “मस्यौदा संकलनमा सभासदहरुले बहिष्कार गरेपनि संविधान निर्माण प्रक्रियामै छौं”, गिरीले भने ।

लोकतान्त्रिक विधि मिचेर छोट्याइएको सुझाव संकलन कार्य राप्रपा नेपालका सभासदहरुले बहिष्कार गरेपनि कार्यकर्ता र जनताले सुझाव दिएको उनले जनाए । “मस्यौदामा राप्रपा नेपालको अजेण्डा समावेश गर्न सुझाव दिइएको छ । संविधान निर्माण प्रक्रियामा फेरि सहभागी हुन्छौं ।”, गिरीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>