समाचारशुक्रबार, साउन ८, २०७२

माओवादीका दुई सयभन्दा बढी कार्यकर्ता पक्राउ

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई सय भन्दा बढी कार्यकर्तालाई पक्राउ गरिएको छ ।

नेपाल बन्द गराउन सडकमा निस्किएका कार्यकर्ता पक्राउ गरिएको हो । बन्दसँगै तोडफोडमा संलग्न १९७ पुरुष र ५ जना महिला गरी २०२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चार जनालाई छानबिन पश्चात रिहा गरिएको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले देशका विभिन्न स्थानमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ बालाजुमा ना ३ ख ४४३५ नम्बरको डिडिसी दूधको गाडी, कमलादीमा बा १ ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा १० च ६६४० को कार, वसुन्धरामा बा ५ ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्बरको सवारीसाधन तोडफोड गरेका छन् ।

त्यसैगरी, ललितपुर पुल्चोकमा बा१ज ५८३६, बा१ ज ७३२२ र प्रयागपोखरीमा बा३ख ११०८ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरी क्षति पुर्‍याएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>