समाचारआइतबार, कार्तिक २६, २०६९

निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गराउँछः सिटौला र कोइराला

हिमालखबर

२६ कार्तिकमा नेविसंघले भारदहमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले भट्टराई नेतृत्वको सरकारलाई अबिलम्ब बिस्थापन गरी कांग्रेसको नेतृत्वमा सहतीय सरकार बन्ने दावी गरेका हुन् ।

“यो सरकारको बिस्थापन अबिलम्ब हुन्छ” महामन्त्री सिटौलाले भने, ‘‘यसपछि काँग्रेस नेतृत्वमा बन्ने सरकारले बैशाखमा संबिधानसभाको निर्वाचन गराउँछ ।’’ एकीकृत नेकपा माओवादी र मधेशी मोर्चा सम्मिलित वर्तमान सरकार राष्ट्रघाती भएको आरोप लगाउँदै सिटौलाले कांग्रेस नेतृत्वको सरकारले मात्रै मुलुकमा साँचो परिवर्तन ल्याउने जिकिर गरे ।

लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षा कांग्रेसले नै गर्ने बताउँदै उनले जनताले पनि कांग्रेसकै पक्षमा रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शेखर कोइरालाले बर्तमान सरकारले नैतिकता गुमाएको आरोप लगाए । ‘‘आफैंले घोषणा गरेको निर्वाचन गराउन नसकेपछि उहाँले (बाबुराम भट्टराईले) राजीनामा दिनुपर्थ्यो, त्यसो नगरेर उहाँले नैतिकता गुमाउनुभएको छ,” कोइरालाले भने ।

उनले एमाओवादीलाई संघीयता बिरोधि रहेको भन्दै सत्ता कव्जा गर्न खोजेको आरोप समेत लगाए । सहमति बिना सरकारले बजेट ल्याउन नसक्ने बताउँदै कोइरालाले मुलुकमा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न स्थानीय निकायको  निर्वाचन गराउनु पनि जरुरी भएको धारणा राखे ।

कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले एमाओवादीकै कारण मुलुकमा समस्याहरु बढेको बताउँदै यो सरकारलाई परास्त गरी कांग्रेसको नेतृत्वमा सरकार बन्ने वातावरण तयार भइरहेको बताएका थिए । श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>