समाचारशुक्रबार, साउन ८, २०७२
पूर्व सभासद कुश्वाहा पक्राउ
पूर्व सभासद शिवचन्द्र कुश्वाहालाई घर तोडफोडको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
नगरपालिका–८, का कुश्वाहालाई स्थानीय लालदेव राउत बरैको घर तोडफोड गरेको र प्रहरीमाथि दूव्र्यवहार गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ । उनलाई बाराका प्रहरी उपरीक्षक र नायब उपरीक्षकलाई दुव्र्यबहार गरेको अभियोग लागेको छ ।
छलफलमा बोलाइएको कुश्वाहाले प्रहरीलाई दूव्यर्वहार गरेको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले बताए ।
-सुरेश बिडारी, वीरगञ्ज
